Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

उच्च शिक्षामा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री 

उच्च शिक्षामा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री 

  • 582
    SHARES
  • उच्च शिक्षामा विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण : शिक्षामन्त्री 

    काठमाडाैं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    images

    विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् । 

    ‘काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सह्राहनीय कार्य गरेर देखाइ रहेको सबैसामु छर्लङ्ग छ ।’

    विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुेपर्ने बताए ।

    सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाएमात्र विदेश जानेहरूलाई कम गर्न सकिने औँल्याए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology