Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

जसपा फुटको संघारमाः विश्वदीप पाण्डे  

जसपा फुटको संघारमाः विश्वदीप पाण्डे  

  • 517
    SHARES
  • जसपा फुटको संघारमाः विश्वदीप पाण्डे  

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पार्टी फुटको संघारमा पुगेको बताएका छन् । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार तथा निकट सहयोगी पाण्डेले जसपा फुटको संघारमा पुगेको बताएका हुन् । 

    जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यकोमा पैसाको झोलासहित देशी-विदेशी शक्तिहरू सोमबार रातिदेखि  घरदैलो गरिरहेको पाण्डेको टिप्पणी छ । ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् । 

    पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोपसमेत लगाएका छन् । जसपामा हाल पूर्वराष्ट्रिय जनता पाटी  (राजपा) र पूर्वसंघीय समाजवादी पार्टीपक्षका नेताबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा फरक विचार देखिँदै आएको छ । 

    जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छन् भने डा.बाबुराम भट्टराई-उपेन्द्र यादव ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा छन् । 

    pandey jasapa..JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology