Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एकै परिवारका ४ जनाको मृत्यु प्रकरण : फरेन्सिक टोली अनुसन्धानमा

एकै परिवारका ४ जनाको मृत्यु प्रकरण : फरेन्सिक टोली अनुसन्धानमा

  • 373
    SHARES
  • एकै परिवारका ४ जनाको मृत्यु प्रकरण : फरेन्सिक टोली अनुसन्धानमा

    काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा.गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ ।

    सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा-६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका-२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए ।

    काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ  ।

    साथै अनुसन्धानमा  त्रि.वि शिक्षण अस्पतालबाट फोरेन्सिक डा.गोपाल चौधरी र डा.आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij