Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

  • 1.6K
    SHARES
  • पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ ।

    ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताकार्यकरर्तालाई पक्राउ पुर्जी जारी गरेको हो ।

    पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ती जारी गरेर सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति पक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम भएको बताएका हुन् ।

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एक जनाको ज्यान गएको थियो ।

    देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरूद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरूविरूद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन् । जसकाकारण अदालतले बेलाबेलामा उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

    prakanda.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij