काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सीडीओको बैठक बस्नुअघि प्रजिअ निरौलालाई कोरोना पुष्टि भएको हो ।
सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने तय भए पनि निरौलालाई संक्रमण पुष्टि भएपछि बैठक भर्चुअल रुपमा हुने भएको हो ।
कोरोना पुष्टि भएपछि आफू भौतिक रूपमा उक्त बैठकमा सहभागी नहुने प्रजिअ निरौलाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology