Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

स्याङ्जामा निषेधाज्ञा उल्लंघन प्रयास, टोल-टोलमा प्रहरी

स्याङ्जामा निषेधाज्ञा उल्लंघन प्रयास, टोल-टोलमा प्रहरी

  • 83
    SHARES
  • स्याङ्जामा निषेधाज्ञा उल्लंघन प्रयास, टोल-टोलमा प्रहरी

    काठमाडौं । गण्डकी प्रदेशको स्याङ्जामा जारी निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढेपछि प्रहरीले टोल-टोलमा निगरानी बढाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले कोरोना संक्रमण दर न्यूनीकरण गर्न मंगलबारबाट निषेधाज्ञा जारी गरेको छ ।

    निषेधाज्ञापछि पुतलीबजार, वालिङ, गल्याङ र सहकारी कार्यालयहरुमा सर्वसाधारणको चाप न्यून रहे पनि निषेधाज्ञा अटेर गरी सडकमा आवत-जावत गर्नेहरु साविकझैं देखिएका छन् । स्याङजामा हाल दोस्रो चरणको कोरोनाको लहरमा २ सय ६४ जनालाई संक्रमण देखिए पनि उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

    प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्लामा कोरोना संक्रमण २ सय भन्दा बढी देखिएकाले मंगलबारबाट निषेधाज्ञा लागु गरिएको बताए ।संक्रमण हुनेको संख्या बढेकाले जिल्ला अस्पतालमा मिन आइसियु निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए । 

    निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक कुनै व्यक्ति घर बाहिर निस्कन, सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारका खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गरेको छ । 

    यसैबीच निषेधाज्ञा अवज्ञा गर्नेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीहरुले नियन्त्रणमा लिएका छन् । निषेधाज्ञालाई सफल पार्न टोलटोलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology