काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएकाे छ । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण पुष्टि भएकाे छ ।
मुख्यमन्त्रीका सचिवालयका १६ जनाकाे सोमबार पीसीआर परीक्षण गरिएकाेमा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
मुख्यमन्त्री राईलाई काेराेना संक्रमण देखिएपछि उनका पुर्वनिर्धारित सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएकाे प्रेस सल्लाहकार पाेखरेलले बताए ।
संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology