Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

खनाल-नेपाल पक्षका सांसद राजीनामा दिनेबारे छलफलमा

खनाल-नेपाल पक्षका सांसद राजीनामा दिनेबारे छलफलमा

  • 850
    SHARES
  • खनाल-नेपाल पक्षका सांसद राजीनामा दिनेबारे छलफलमा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरुले पदबाट राजीनामा दिनेबारे छलफलमा जुटेका छन् । उनीहरुले वैशाख २७ गते बस्ने प्रतिनिधिसिभाको बैठक अघि नै सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका हुन् ।

    २३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपाबाट पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्र ब्युँताएपछि एमालेमा खनाल-नेपाल पक्ष एकातिर र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलील एकातिर रहेका छन् ।

    यसैबीच प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई विश्वासको मत जुटाउनका लागि आइतबार मन्त्रिपरिषद् बैठक बसेर २७ गते प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफरिस गरेका थिए । प्रतिनिधिसभाको सो बैठकमा आफ्ना पक्षका सांसदहरु उपस्थित हुने या नहुनेबारे पनि खनाल-नेपाल छलफलमा छन् । 

    यी हुन् खनाल-नेपालपक्षका प्रत्यक्ष निर्वाचित सांसद

    १.झलनाथ खनाल

    २.माधवकुमार नेपाल 

    ३.सुरेन्द्र पाण्डे 

    ४.भवानी खापुङ

    ५.जयकुमार राई

    ६ .यज्ञराज सुनुवार

    ७.गणेश पहाडी

    ८. विरोध खतिवडा

    ९.कृष्णलाल महर्जन

    १०.योगेश भट्टराई  

    ११.जीवनराम श्रेष्ठ

    १२.नारायण खतिवडा

    १३.घनश्याम भुसाल

    १४.गोकर्ण विष्ट

    १५.सोमप्रसाद पाण्डे

    १६.मेटमणी चौधरी

    १७.हिराचन्द्र केसी

    १८.झपट रावल

    १९.भीमबहादुर रावल

    २०.दिपकप्रकाश भट्ट

    २१.राजबहादुर बुढा

    २२‍.पवित्रा निरौला खरेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology