Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राजश्व दाखिला गर्ने म्याद बढाउन व्यावसायीको माग 

राजश्व दाखिला गर्ने म्याद बढाउन व्यावसायीको माग 

  • 636
    SHARES
  • राजश्व दाखिला गर्ने म्याद बढाउन व्यावसायीको माग 

    काठमाडौं । उद्योग तथा व्यावसाय सञ्चालन गर्दै आएका व्यावसायीहरूले कर तथा राजश्व दाखिला गर्ने म्याद बढाउन सरकारसमक्ष माग गरेका छन् । 

    images

    कोरोना संक्रमणको दर तीव्र भएसँगै कलकारखाना र उद्योग बन्द भएपछि आम्दानी नभएकाले व्यावसायीहरूले सरकारलाई कर तथा राजश्व बुझाउने म्याद थप गर्न माग गरेका हुन् । 

    नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले सरकारसमक्ष कर, राजस्व दाखिला गर्ने म्याद थप गर्न अपिल गरेको छ ।

    वैशाख १६ गतेदेखि राजधानीमा सुरु भएको निषेधाज्ञामाझ उद्योग बन्द रहेको तथा कर्मचारी पनि घरैमा बस्दै आएको भन्दै संघले भ्याट तथा अन्तःशूल्क विवरण बुझाउने तथा कर दाखिला गर्ने अवधि बढाउन आग्रह गरेको हो ।

    संघले जरिवाना छुटको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology