Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विप्लवमाथि जारी गरिएको वारेन्टप्रति संसदमा आपत्ति 

विप्लवमाथि जारी गरिएको वारेन्टप्रति संसदमा आपत्ति 

  • 2.4K
    SHARES
  • विप्लवमाथि जारी गरिएको वारेन्टप्रति संसदमा आपत्ति 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विलप्व’ विरुद्ध सरकारद्वारा जारी वारेन्टप्रति आपत्ति जनाएको छ । मंगलबार संसदको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह गरे ।

    ललितपुर जिल्ला अदालतले आइतबार हातहतियार तथा खरखजना मुद्दामा ३५ दिने वारेण्ट जारी गरेपछि विरोध सुरु भएको छ । विप्लव नेतृत्वको नेकपाले २०७७ फागुन २० गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर मुलधारमा आएको थियो ।

    भट्टराइले भने, ‘विप्लवको कारबाहीका लागि फेरि वारेन्टको प्रश्न आएको छ। तत्कालीन सरकारले तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिपछि जनतामा पनि खुसी छाएको थियो । अहिले यो सरकारले अघिल्लो सरकारले गरेका सहमति वा कामलाई अघि बढाउनु पर्नेमा विभिन्न बहानामा विप्लवलाई त्यही बाटोमा जान उद्धत बनाउन खोजेको हो ? यो कदमबाट सरकार तत्काल पछि हटोस् । राजनीतिक दल दर्ता गरिसकेका छन् । यस्तो अवस्थामा प्रोत्साहन हुनुपर्छ ।’

    त्यस्तै माओवादी केन्द्रकी सांसद यशोदा गुरुङले पनि वारेण्टप्रति आपत्ति जनाइन् । उनले पनि उक्त वारेण्ट फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij