वेबटिभी खबर
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरूद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरूद्ध भएको थियो ।
अवरूद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
सडक भासिएपछि यातायात अवरूद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने-आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको थियो ।
अहिले यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी यातायात सञ्चालन गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij