Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ?  

कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ?  

  • 323
    SHARES
  • कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ?  

    कायरो । अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ ।

    images

    अलकायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानको राजधानी काबुलमा मारिएका थिए ।

    मिडल इस्ट इन्स्टिच्युटका अनुसार सेफ अल–अदेले अलकायदाको नेतृत्व हाँक्ने सम्भावना छ ।

    अमेरिकी गुप्तचर एजेन्सीहरूका अनुसार इजिप्टका पूर्वसैन्य अधिकारी अदेल अलकायदाका संस्थापक सदस्यसमेत हुन् । सन् १०८० को दशकमा उनी पूर्वअतिवादी समूह मक्ताब अल–खिदमतमा संलग्न थिए ।

    उनले सो अवधिमा बिन लादेन र अयमान अल–जवाहिरीलाई भेटे र उनीहरूको समूह इजिप्टियन इस्लामिक जिहाद (ईआईजे)मा सामेल भएका थिए । उनले सन् १०८० को दशकमा अफगानिस्तानमा रुसी सेनासँग पनि लडेका थिए ।

    अदेल कुनै समय ओसामा बिन लादेनका सुरक्षा प्रमुख पनि थिए । उनी सन् २००१ देखि एफबीआईको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार घोषणा गरेको छ ।

    जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

    इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

    सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि  उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

    यसैबीच जवाहिरीको हत्याको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले स्वागत गरेका छन् । दोषीलाई न्याय मिलेको ओबामाले टिप्पणी गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # अलकायदा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology