Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विद्युत् अनियमित हुँदा सेवाग्राही समस्यामा

विद्युत् अनियमित हुँदा सेवाग्राही समस्यामा

  • 424
    SHARES
  • विद्युत् अनियमित हुँदा सेवाग्राही समस्यामा

    बैतडी । अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई समस्या भएको छ । पछिल्लो समय विद्युत् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई समस्या भएको हो ।

    विद्युत सेवा अनियमितताले हैरानीका साथै व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । गएको एक महिनादेखि विद्युत् सेवा अनियमित हुँदा हजारौँ उपभोक्ता मारमा परेका हुन् ।

    विद्युत् सेवा अनियमत हुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दीपेन्द्र कार्कीले बताए । बेला बेलामा आउने जाने हुने गरेको छ उनले भने, ‘यसले गर्दा उपकरण बिग्रने गरेका छन् ।’

    विद्युत् सेवा अनियमित हुँदा मिल सञ्चालक, कम्प्युटर, इलेक्ट्रोनिक पसललाई, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ । बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले बेला-बेलामा विद्युत् आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामग्री बिग्रीने गरेको बताएका छन् ।

    विद्युत् सेवा अनियमित हुँदा होटेल व्यवसाय, स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका ईन्चार्ज वीर सिंह भाटका अनुसार भ्याक्सिन २४ सै घण्टा राख्न चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले गर्दा खोप सेवा प्रभावित हुने गरेको जानकारी दिए ।

    यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले वर्षा, हावाहुरी र चट्याङका कारण ३३ केभी लाइनमा समस्या आएकाले विद्युत् सेवा अनियमित भएको जनाएको छ ।

    पुरानो लाइन भएका कारण वर्षातको समयमा समस्या आइरहेको र विद्युत् सेवा नियमित गर्नका लागि प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए ।

    वर्षात्का कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्या आउँदा विद्युत् सेवा अनियमित हुने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij