Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

  • श्रावण १७, २०७९ मंगलवार २२:०० बजे
  • 114
    SHARES
  • ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

    एजेन्सी । अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसी ताइवानमा उत्रिएकी छन्। चिनियाँ चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाकी सभामुख पेलोसी मंगलबार राति ताइवान उत्रिएको वासिङ्टन पोस्टले जनाएको छ। स्थानीय समयानुसार पेलोसी मंगलबार राति १०स्४४ बजे ताइपेईमा रहेको सोङसान विमानस्थलमा अवतरण गरेकी हुन्। 

    चिनियाँ अधिकारीले पेलोसीको ताइवान भ्रमणका सम्पूर्ण परिणामको जिम्मेवारी बाइडेन प्रशासनले लिनुपर्ने चेतावनी दिएको चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। ग्लोबल टाइम्समा भनिएको छ, ‘यस्ता भ्रमणले बिग्रिएको चीन–अमेरिका सम्बन्धलाई थप अप्ठ्यारोमा पार्नेछ भने ताइवान र चीनको ध्वंशात्मक अवस्था सिर्जना गर्नेछ।’ 

    पेलोसीले ताइवान ल्यान्ड गर्नुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले स्वार्थपूर्ण रुपमा आगोसँग खेल्‍ने काम गरेको चेतावनी दिएका थिए। उनले भनेका थिए, ‘ताइवानको प्रश्‍नले १.४ बिलियन चिनियाँ नागरिकसँग शत्रुता सुरु गर्नु हो। यसले राम्रो नतिजा ल्याउने छैन।’ उनले संयुक्त राज्य अमेरिकाले आफ्नो प्रतिबद्धतालाई बिर्सिएको र ताइवानको मामिलामा विश्‍वासघात गरेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

    पेलोसी ताइवान ल्यान्ड हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइान भ्रमण गर्ने अथवा नगर्ने निर्णय पेलोसी स्वयंले नै गर्ने बताएका थिए। उनले भनेका थिए, ‘अमेरिकी संसद् स्वतन्त्र हुन्छ। त्यसकारण संसद्‌को सभामुखले स्वतन्त्र निर्णय गर्नेछन्।’

    यसअघि पनि अमेरिकी सांसद्हरुले ताइवान भ्रमण गर्ने गरेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पेलोसीको भ्रमणको विषयलाई लिएर चीनले अनावश्यक तनाव सिर्जना गर्न खोजेको पनि बताएका थिए। 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology