Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

थप बजेट माग्नेभन्दा उपलब्ध बजेट खर्च गर्नमा ध्यान केन्द्रित गरौँ : अर्थमन्त्री शर्मा

थप बजेट माग्नेभन्दा उपलब्ध बजेट खर्च गर्नमा ध्यान केन्द्रित गरौँ : अर्थमन्त्री शर्मा

  • 419
    SHARES
  • थप बजेट माग्नेभन्दा उपलब्ध बजेट खर्च गर्नमा ध्यान केन्द्रित गरौँ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट थप माग गर्नेभन्दा पनि भएको बजेट खर्च गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । 
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको कमी भएको भन्ने मन्त्रीहरुको गुनासोका सम्बन्धमा बजेट थप माग गर्नेभन्दा पनि भएको बजेट खर्च गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन् । 

    images

    समष्टिगत आर्थिक परिसूचक अवगत गराउँदै मन्त्री शर्माले सिमेन्ट, स्टिल, जुत्ता, हाते निर्माण सामग्री, सेवाका क्षेत्रमा निर्यात गरी व्यापार घाटा कम गर्न सकिनेतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताए। 

    मन्त्री शर्माले अनावश्यक सरकारी संरचनाका बारेमा पुनःविचार गरी हटाउनुपर्ने र केही संस्थानका बारेमा सञ्चानको ढाँचा नयाँ तरिकाले अघि बढाउनुपर्ने सुझाव दिँदै उनले बजेट कार्यान्वयनमा जनसहभागिता हुन सके मात्र दिगो हुने धारणा व्यक्त गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology