Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोबाईल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मोबाईल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

  • 373
    SHARES
  • मोबाईल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    उदयपुर । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका–६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय बिपिन विकको ज्यान गएको हो ।

    सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ वर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।

    मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन् ।

    प्रहरीले घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # करेन्ट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij