वेबटिभी खबर
बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको हाे ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित फैदिएपछि नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट आउने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको हो ।
जमुनाह नाकामा अहिले भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए ।
भारतबाट दिनहुँ नेपाल भित्रिनेको सीमानाका जमुनाहमा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले बताए ।
बाँकेमा हाल ४३ सक्रिय संक्रमित रहेका छन् उनीहरू सबै होम आइसोलेशनमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij