वेबटिभी खबर
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको हाे । ठक्कर दिने माेटरसाइकलकाे नम्बर खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।
उपचारको लागि अस्पताल लगिएका उनलाई डाक्टरले मृत्त घोषणा गरेका थिए । दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij