Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

कोरोना महामारीका सामग्री केही प्रयोगमा केही प्रयोगविहीन

कोरोना महामारीका सामग्री केही प्रयोगमा केही प्रयोगविहीन

  • 316
    SHARES
  • कोरोना महामारीका सामग्री केही प्रयोगमा केही प्रयोगविहीन

    दाङ । दाङका कोरोना अस्पतालहरूका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् ।

    images

    बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही सामग्री त्यतिकै थन्काएर राखिएको छ । कोरोना इकाइका इञ्चार्ज सुष्मा वलीका अनुसार कोरोना महामारीका बेला चलेको अस्पताको भेन्टिलेटर अहिले भने ठप्प अवस्थामा छ ।

    आइसियुमा भने दम लगायतका बिरामीलाई राखेर उपचार गर्ने गरिएको छ । कोरोना आइसोलेशनमा अहिले उच्च सुरक्षा कक्षकारूपमा सञ्चालित रहेको छ ।

    ‘भेन्टिलेटर चल्न सकेको छैन’, उनले भनिन्, ‘आइसियु कक्ष भने नियमित सञ्चालित छ ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्लाभन्दा बाहिरका समेत स्वाब पिसिआर परीक्षण गर्ने गरिएको थियो ।

    परीक्षण गर्ने मेशिन अहिले पनि सञ्चालित छ । अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार वैदेशिक रोजगारमा जानेहरू, बिरामीहरू, एक ठाउँबाट अर्को ठाउँमा जानेहरूका लागि पिसिआर परीक्षण गर्ने गरिएको छ ।

    दैनिक सात/आठ जनाको यसरी स्वाब परीक्षण हुने गरेको उनको भनाइ छ । आइसियुलगायतका अन्य सामग्री भने नियमित प्रयोग भइरहेको सूचना अधिकारी भट्टराइको भनाइ छ ।

    तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ । मेट्रो अस्पतालमा ४० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

    तर त्यो सेन्टर अहिले सुनसान जस्तै देखिन्छ । आइसोलेशन सेन्टरमा रहेका आइसियु शय्याहरू खाली छन् ।

    कहिलेकाहीँ दमका बिरामी आएमा आइसोलेशन सेन्टरमै अक्सिजन दिएर राख्ने गरिने भए पनि प्रायः जसो ताला लगाएर राख्नुपर्ने अवस्था रहेको अस्पतालका स्टोर प्रमुख रोमहर्स केसीले बताए ।

    ‘कहिलेकाहीँ दम लगायतका बिरामीहरु आउँछन्, उनीहरूलाई राखेर उपचार गर्ने गरिएको छ’, उनले भने, ‘नत्र प्रायः सुनसान जस्तै हुन्छ ।’ दाङमा प्रतिष्ठान, बेलझुण्डी अस्पताल र तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा कोरोना आइसोलेशन निर्माण गरिएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology