बेइजिङ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार धारिलाे हतियार प्रहार गरि ३ जनाकाे हत्या गरिएकाे छ । ६ जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त घटना घटाइएकाे थियाे ।
४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरीकाे विज्ञप्तिमा भनिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology