Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अमेरिका उत्तेजक, चीन पीडित : बेइजिङ

अमेरिका उत्तेजक, चीन पीडित : बेइजिङ

  • 450
    SHARES
  • अमेरिका उत्तेजक, चीन पीडित : बेइजिङ

    ताइपेय । ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको चीनले जोड दिएको छ ।

    images

    अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको पृष्ठभूमिमा चीनको उक्त भनाइ आएको हो ।

    ‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित ब्रिफिङमा भनिन् ।

    उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । मेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो ।’

    सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ । उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology