Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

२८ जनामा डेंगु संक्रमण

२८ जनामा डेंगु संक्रमण

  • 387
    SHARES
  • २८ जनामा डेंगु संक्रमण

    मकवानपुर । मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लाे समय जिल्लामा डेंगुका बिरामी बढ्न थालेका हुन् ।

    images

    साउनको १५ दिनमा २८ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौंडा उपमहानगरपालिका-४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ ।

    मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा बढी डेंगुका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुटरूपमा संक्रमित देखा परेको छ ।

    सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त संख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । संक्रमित हेटौँडा वडा नं-४ तथा ५ का उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए ।

    कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्यांक आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ । गत आवमा २९५ जनामा डेंगु संक्रमण भएकाे थियाे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology