Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

आगामी २४ घण्टा यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आगामी २४ घण्टा यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • 378
    SHARES
  • आगामी २४ घण्टा यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको र देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

    आगामी २४ घण्टा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij