Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा ९ जनामा मंकीपक्स संक्रमण

भारतमा ९ जनामा मंकीपक्स संक्रमण

  • 398
    SHARES
  • भारतमा ९ जनामा मंकीपक्स संक्रमण

    एजेन्सी, नयाँ दिल्ली । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपक्स संक्रमण देखिएको हो । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । 

    images

    उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् ।

    ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मंकीपक्स

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology