Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

१/२ जना जुटेर इसीडी शिक्षकका माग पूरा हुँदैनन् : शोभा अर्याल

१/२ जना जुटेर इसीडी शिक्षकका माग पूरा हुँदैनन् : शोभा अर्याल

  • 2.8K
    SHARES
  • १/२ जना जुटेर इसीडी शिक्षकका माग पूरा हुँदैनन् : शोभा अर्याल

    प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) का माग सरकारले पूरा गरेको छैन । इसीडी शिक्षकहरू जो जहाँ छौं त्यस ठाउँका हाम्रा जिल्ला अध्यक्षलाई सम्पर्क गरेर एकजुट हुने काम गरौं ।

    images

    इसीडी शिक्षकको माग पूरा गराउन कोही कसैले मन्त्री तथा नेतालाई ‘मैले माग पूरा गराउन ध्यानाकर्षण गराएको छु’ भनिरहनु भएको छ । तर खोइ माग पूरा भएको ? मन्त्री तथा नेताको आडमा बसेर फोटो खिच्दैमा हाम्रो माग पूरा हुन्छ जस्तो मलाई लाग्दैन । माग पूरा हुन्थ्यो भने ७/८ वर्ष अघि नै भइसक्थ्यो ।

    तपाईं हामीले बुझेका छौं कि जुन जात, धर्म, राजनीतिक दल भएपनि आखिर पेसा र व्यथा एउटै हो । साथीहरू, हिजोसम्म तपाईं हामी आफ्नै परिवारले दिएको पीडालाई समेत बाहिर ल्याउन नसकेर भित्रभित्रै पिल्सियर बस्नु परेको अवस्था थियो । आज सरकारबाट गरिएको विभेद, अन्याय बाहिर ल्याउन सक्ने क्षमता छ । सरकारलाई माग पूरा गराएरै छाड्ने क्षमता पनि छ । मात्र आँट हुनुपर्‍यो ।

    अहिले कतिपय इसीडी शिक्षकले चर्कोस्वर गरेको पाइन्छ । काेही बलिरहेको दियोमा तेल थप्न तम्सिने हुन् भने कोहि चाहिँ दियो स्थापना गर्न । अरू यस्ता पनि छन् तेल र बत्ती चाहिँ अरूको आस गर्ने ।

    त्यसैले साथीहरू यदि यो पेसामै लाग्नु छ भने कसैको डरधम्की नमानी छिटोभन्दा छिटो जुट्नु र जुटाउन आवश्य छ । तपाईंहरू जस्तो बुझ्ने मान्छेलाई भनिरहनु पर्दैन जस्तो लाग्छ । तर नबुझ्नेलाई जति भने पनि लाग्दैन ।

    इसीडी शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्दै दिनरात सरकारको ध्यानाकर्षण गराउने इसीडी शिक्षक साथीहरू पनि हुनुहुन्छ । १/२ जना साथीहरू जुटेर केही नहुने अवस्था देख्छु । सबै एकजुट हुनु आवश्यक छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology