काठमाडौं । वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।
दुई हप्ताका लागि मुम्बईबाट काठमाडौं आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रूपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।
सम्मान कार्यक्रममा संचारकर्मी तथा गीतकार डा.नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताए ।
सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुँरास फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरू गाइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology