वेबटिभी खबर
काठमाडौं । आज संघीय सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् ।
जसअनुसार संघीय संसद सचिवालयले सांसदहरूलाई उपस्थित हुन भनेको छ । संसद बैठक चल्ने भएपछि त्यसअघि नै सांसदहरूको पिसिआर गर्न लागिएको हो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो ।
यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड-१९ को पीसीआर परीक्षण पनि गर्ने तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन बोलाइएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij