Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

सिक्लेस हाइड्रोपावरको आइपीओ बिक्री नभएपछि आवेदन मिति थप

सिक्लेस हाइड्रोपावरको आइपीओ बिक्री नभएपछि आवेदन मिति थप

  • 99
    SHARES
  • सिक्लेस हाइड्रोपावरको आइपीओ बिक्री नभएपछि आवेदन मिति थप

    काठमाडौं । सिक्लेस हाइड्रोपावरले आइपीओमा आवेदन दिने मिति थप गरिएकाे छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर ५ भदौसम्म पुर्याएको हो ।

    कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्कासन खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १, २ र ३ का स्थानीयवासीका लागि शेयर खुला गरेको हो ।

    यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।

    जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रूपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology