Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

यू-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

यू-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

  • 96
    SHARES
  • यू-२० साफ : उपाधिका लागि भारत र बंगलादेश भिड्दै

    काठमाडौं । यू-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ ।

    भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।

    पहिलो पटक यू-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन् । घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।

    भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यू-१८ साफमा भारतले बंगलादेशलाई नै २-१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस अघि सन् २०१५ र १७ मा यू-१८ र यू-१९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन ।

    भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

    यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २-१ अन्तरले पराजित गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology