Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

  • 329
    SHARES
  • गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

    काठमाडौं । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा उक्त रोगबाट जोगाउन नगरपालिकाले रेबिजको खोप व्यवस्था गरेको हो ।

    images

    गोदावरी-५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं-११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं-१४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए ।

    उनले भने, ‘नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हौं ।’ सो खोप गोदावरीका मात्र नभइ अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए ।

    स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा उक्त खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.सतिश विष्टको भनाइ छ ।

    उनले भने, ‘गोदावरीमा रेबिजबाट कोही पनि संक्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हौं ।’ यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र सातौं दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology