Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

शिक्षक नियुक्तिकाे तयारी

शिक्षक नियुक्तिकाे तयारी

  • 524
    SHARES
  • शिक्षक नियुक्तिकाे तयारी

    काठमाडौं । महोत्तरी जिल्लाको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ । नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा आवेदन दिनुपर्ने गरि विज्ञापन गरेकाे छ ।

    तीनै तहको शिक्षक नियुक्तिका लागि नगरपालिकाले गरेको विज्ञापनअनुसार माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नेपाली र लेखा विषयका लागि १८ जना, निम्नमाध्यमिक तहका लागि अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नेपाली र कम्प्युटरका लागि २९ जना र प्राथमिक तहका लागि १० जना शिक्षकको विज्ञापन गरेको छ ।

    नगरपालिकाको सम्झौता अनुसार पारिश्रमिक दिने गरि नियुक्त गर्न लागिएको शिक्षक व्यवस्थापन गौशला नगरपालिकाको शिक्षण सहयोग अनुदानसम्बन्धी कार्यविधि, २०७८ वा कानुन कमोजिम हुने भनिएको छ । 

    saun-13-page-003.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology