Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

व्यावसायिकरूपमा सुँगुर पालन

व्यावसायिकरूपमा सुँगुर पालन

  • 667
    SHARES
  • व्यावसायिकरूपमा सुँगुर पालन

    म्याग्दी । माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् ।

    images

    बेनी नगरपालिका-१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ वटा सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्ने गरेका छन्  । पाठापाठी किन्न जिल्लाबाहेक बाग्लुङ र पर्वतबाट समेत ग्राहक आउने गरेका छन् ।

    उनले एउटा पाठो ५ हजारसम्ममा बिक्री गर्ने गरेका छन् । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिकरुप दिइएको थिएन तर अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिकरुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार/पाँच जनालाई रोजगारी पनि दिएको छु’, उनले भने ।

    ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरूलाई पनि हौसला मिलेको छ ।’ सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् ।

    भुनी तीन महिनामा गर्भवती हुन्छे भने ६ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । ४५ दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे ।

    सुँगुरको मासु प्रतिकेजी ८ सयमा बिक्री हुन्छ । सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बाग्लुङ र बेनी हो ।

    जिल्लामा सुँगुर पाल्ने बेनी-१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ । होटल, रेष्टुराँमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिकरूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताए ।

    रत्नेचौर र अर्जममा ५ सयभन्दा बढी मगर घरमा दुई/चार वटा लोकल कालो सुँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् । थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन ।

    पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा सुँगुर काट्ने गरिन्छ ।

    परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी-१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology