काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको १ करोड ९ लाख ५० हजा कित्ता शेयर सूचीकरण भएको हो ।
आइतबारबाट यसको शेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रूपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology