Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन

संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन

  • 1.2K
    SHARES
  • संघ र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन

    काठमाडौं । सत्तारूढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

    images

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको गठबन्धन बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले  जानकारी दिए ।

    उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुईदुई जना सदस्य रहने छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेकाे उनले  बताए ।

    यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा समितिमा रहने भुसालले बताए ।

    कार्यदलको बैठक चाँडै बस्ने उनकाृे भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology