Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

नेपाल सधैँ एक चीन नीतिको समर्थन गर्छ : परराष्ट्र मन्त्रालय

नेपाल सधैँ एक चीन नीतिको समर्थन गर्छ : परराष्ट्र मन्त्रालय

  • 87
    SHARES
  • नेपाल सधैँ एक चीन नीतिको समर्थन गर्छ : परराष्ट्र मन्त्रालय

    काठमाडौं । नेपाल सरकारले चीन-ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ ।

    परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालय प्रवक्ता सेवा लम्सालले  नेपाले सधैँ एक चिन नीतिको समर्थन गर्ने बताएकी हुन् ।

    उनले भनिन्, ‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपाल सधैँ एक चीन नीतिको समर्थन गर्दै आएको छ ।’ अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन-ताइवान र चीन-अमेरिका सम्बन्धमा तनाव बढेको छ ।

    पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको सीमा नजिक मिसाइलसमेत प्रहार गरेको छ ।

    प्रवक्ता लम्सालले भनिन्, ‘दुवै मुलुक (नेपाल र चीन)ले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’

    पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन-ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रहसमेत गरिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology