Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन, मेहनत गरे बहुमत ल्याउन सक्छौं : ओली

दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन, मेहनत गरे बहुमत ल्याउन सक्छौं : ओली

  • 380
    SHARES
  • दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन, मेहनत गरे बहुमत ल्याउन सक्छौं : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाई मत ल्याउन नसक्ने बताएका छन् ।

    images

    शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने बताए ।

    उनले भने, ‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्याैँ भने बहुमत ल्याउन सक्छौँ । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरि सरकार बनाउन सकिन्छ ।’

    ओलीले यसअघि मनमोहन अधिकारीको सरकारलाई पनि अदालत प्रयोग गरेर चल्न नदिएको दाबी गरे । उनले भने, ‘२०५१ मा एमालेको अल्पमतको सरकार चल्न दिएनन् । उही अदालत प्रयोग गरियो । त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौँ । गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही । मनमोहन अधिकारीले संसद् विघटन गर्दा हराइयो ।’

    व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरिने गरेकाे उनले आरोप लगाए ।

    कांग्रेसले अहिले थप सुविधा पाएकाे उनकाे भनाइ छ । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पाएकाे पनि उनले बताए । नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको नभएकाे उनकाे भनाइ छ ।

    ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र भएको दाबी गरे । उनले भने, अहिले पनि कांग्रेस भनेको बन्चरो मात्र हो । बिँड भनेको कम्युनिस्टधारी काठ हुन् । जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology