Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

गठबन्धनका नेताहरूको कुनै गन्तव्य छैन : ओली

गठबन्धनका नेताहरूको कुनै गन्तव्य छैन : ओली

  • 340
    SHARES
  • गठबन्धनका नेताहरूको कुनै गन्तव्य छैन : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरे।

    images

    शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका हुन् । उनले पाँच वर्ष गठबन्धनले सरकार चलाए देश ध्वस्त हुने बताए ।

    ओलीले भने, ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेब । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन ।’

    उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरूपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए ।

    उनले भने, ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology