Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

विस्थापित शिक्षकलाई पुनर्बहालीको पत्र

विस्थापित शिक्षकलाई पुनर्बहालीको पत्र

  • 681
    SHARES
  • विस्थापित शिक्षकलाई पुनर्बहालीको पत्र

    काठमाडौं । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सेवाबाट विस्थापित भएका ताप्लेजुङका पाँचजना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले पुनर्बहालीको पत्र दिएको छ ।

    जुन पालिकाबाट शिक्षक विस्थापित भएका थिए सोही पालिकालाई बोधार्थ दिएर सम्पर्क गर्न शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले भनेको छ ।

    पुनर्बहालीको पत्र पाउनेमा माध्यमिक तहका एक र प्राथमिक (आधारभूत) तहका चारजना शिक्षक रहेका छन् ।

    माध्यमिक तहका नन्दकुमार भण्डारीलाई मिक्वाखोला गाउँपालिकाअन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ । यस्तै प्रावि तहका पदमबहादुर ऐङदेनलाई पनि मिक्वाखोला गाउँपालिकाअन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ ।

    प्रावि तहकै कमलप्रसाद मैनाली ‘कौशल’ लाई आठराई त्रिवेणी गाउँपालिका र दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्गा गाउँपालिकामा पदस्थापनका लागि सम्बन्धित पालिकालाई अनुरोध पत्र पठाइएको इकाइले जनाएकाे छ ।

    सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि पालिकालाई अनुरोध गरिएको इकाइले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology