Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

आश्रमका वृद्धवृद्धालाई फलफूल

आश्रमका वृद्धवृद्धालाई फलफूल

  • 82
    SHARES
  • आश्रमका वृद्धवृद्धालाई फलफूल

    भक्तपुर । भक्तपुरको आदर्शस्थित सिद्धिस्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरिएको छ ।

    भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव) का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धालाई फलफूल वितरण गरिएको हो ।

    फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लवका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतका सहभागी थिए ।

    फुटबल खेलाडी कार्की केही दिनअघि मात्र भारतको उडिसामा भएको अण्डर २० राष्ट्रिय फुटबल टिमबाट साफ यु–२० फुटबल प्रतियोगितामा सहभागी भई नेपाल फर्केका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology