Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

सात वर्षीया बालिका मृत फेला

सात वर्षीया बालिका मृत फेला

  • 86
    SHARES
  • सात वर्षीया बालिका मृत फेला

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका वडानम्बर-१ मा सात वर्षीया बालिका मृत फेला परेकी छिन् ।

    चायाभावर बस्ने सन्तोष जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी मगर शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।

    बिहीबार दिउँसो ३ बजेको घरबाट ‘सौतेनी’ आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

    उनका बुबा सन्तोष धनगढी बस्दै आएका छन् भने आमा पन्चकला रोजगारीको सिलसिलामा भारतमा रहेको जनाइएको छ । उनी हाल सौतेनी आमासँग बस्दै आएकी थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology