Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

निर्वाचन आयोगद्वारा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगद्वारा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

  • श्रावण २०, २०७९ शुक्रवार १९:२९ बजे
  • 98
    SHARES
  • निर्वाचन आयोगद्वारा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो ।

    निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । 

    सरकारले आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ । 

    Avatar


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology