Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, के भयो कुराकानी? 

गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, के भयो कुराकानी? 

  • श्रावण २०, २०७९ शुक्रवार २०:०३ बजे
  • 105
    SHARES
  • गृहमन्त्री खाँण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, के भयो कुराकानी? 

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेका थिए। ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। 

    गृहमन्त्रीले यान्छीलाई नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि जानकारी गराएका थिए। छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो।

    भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन्। सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराएकी थिइन्। 

    राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताएकी थिइन्। यसै वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी थिइन्।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology