Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

ब्रम्हलुटको अन्त्य गर्न राप्रपा नेपाल रोजौंः महामन्त्री बर्तौला

ब्रम्हलुटको अन्त्य गर्न राप्रपा नेपाल रोजौंः महामन्त्री बर्तौला

  • श्रावण २०, २०७९ शुक्रवार २०:२४ बजे
  • 218
    SHARES
  • ब्रम्हलुटको अन्त्य गर्न राप्रपा नेपाल रोजौंः महामन्त्री बर्तौला

    मन्थली । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भइरहेको ब्रम्हलुटको अन्त्य गर्नको निमित्त जनताले आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन् । 

    आज रामेछापको मन्थलीमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा बोल्दै महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौ, समृद्धि ल्याउँछौ भन्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको समेत आरोप लगाए ।

    भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । विदेशी शक्ति खुसी पारेर नेपाली जनतामाथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरूमा हाबी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो । 

    कार्यक्रममा बोल्दै पार्टीका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले पार्टी र बिचारलाई स्थापित गर्न संगठनलाई केन्द्रमा राखी अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा संगठन विभागका सदस्य सचिव रामसुन्दर विष्ट, केन्द्रीय सदस्य जीवन सुनुवार, दोलखा अध्यक्ष नवराज श्रेष्ठ, रामेछाप अध्यक्ष रामचन्द्र कँडेल लगायतले बोलेका थिए ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology