Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

साइकल खरिद अनियमिततामा संलग्न मुख्यमन्त्रीलाई प्रधानमन्त्री र उपेन्द्रले बचाएः जेपी गुप्ता

साइकल खरिद अनियमिततामा संलग्न मुख्यमन्त्रीलाई प्रधानमन्त्री र उपेन्द्रले बचाएः जेपी गुप्ता

  • श्रावण २०, २०७९ शुक्रवार २१:४७ बजे
  • 391
    SHARES
  • साइकल खरिद अनियमिततामा संलग्न मुख्यमन्त्रीलाई प्रधानमन्त्री र उपेन्द्रले बचाएः जेपी गुप्ता

    काठमाडौं । पूर्वमन्त्री जेपी गुप्ताले साइकल खरिद अनियमितता प्रकरणमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको संलग्नता रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवले बचाएको दाबी गरेका छन्। शुक्रबार साँझ सामाजिक संजाल मार्फत गुप्ताले यस्तो दाबी गरेका हुन्।

    images

    उनले साइकल खरिद प्रकरणमा अख्तियारले छापा मार्दा मुख्यमन्त्री कार्यालयको संलग्नता देखिएपनि देउवा र यादवले राउतलाई बचाएको बताएका छन्। ‘साइकल खरीद विषयमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्दा ‘प्रारम्भिक छानबिनमा मुख्यमन्त्री कार्यालयको संलग्नता देखिएको’ भनेको थियो। तथापी जसपाले मुख्यमन्त्रीको बचाउ गरेको थियो। यस काण्डमा मुख्यमन्त्रीको संलग्नता स्पष्ट छ। उपेन्द्रले मुख्य मन्त्रीलाई जोगाए। प्रमले बचाए,’ गुप्ताले भनेका छन्। 

    गुप्ताले भ्रष्टाचारको सवालमा केपी ओलीका मुख्य आलोचक रहेका उपेन्द्र अहिले मौन रहेको बताएका छन्। यस्तै प्रतिपक्षमा रहेको लोसपा समेत मौन रहेको आरोप गुप्ताको छ। ‘अहिले उपेन्द्र यादव मौन छन् । भ्रष्टाचारको सवालमा उनी केपी ओलीका विरूद्ध सर्वाधिक मुखर थिए।मधेसमा प्रतिपक्षी दल लोसपा यस भ्रष्टाचार काण्डमा मौन छ। ‘हमाम के भितर सब नंगे होते है’ यस भनाईलाई आत्मसात गर्दै लोसपा मौन भएको छ। लोसपा यसरी प्रतिपक्षी धर्मबाट च्यूत भएको छ,’ उनले भनेका छन्, ‘उपेन्द्र यादवमा मन नपरेका मानिसलाई फसाउन सक्ने र मन परेकालाई जोगाउन सक्ने ‘सदाबहार राज्यशक्ति’ को गुण प्रवेश गरेको छ। ‘पंचायत काल’ देखि आज पर्यन्तका भ्रष्टहरूको आकर्षक अभ्यर्चन स्थल र अभयारण्य जसपा हो। उपेन्द्रले लालबाबुलाई जोगाए तर, सुशासनको सवालमा मधेसी भावनालाई फसाएका छन।’

    नाकको फुली फुकाल्न अभ्यस्त उपेन्द्रहरु रहुनजेल लालबाबुहरुलाई यस्ता कुकृत्यबाट बचाइरहने गुप्ताको दाबी छ। ‘मधेसका चापलुस नागरिक समाज, जसपा जस्तै प्रतिपक्ष, जातीय राजनीति, अकर्मण्य राजनीति कार्यकर्ताहरू र मधेसी राजनीतिक नेताहरूको ‘नथ’ (नाकको फुली) फुकाल्न अभ्यस्त एवं अनुभवी संधीय मालिकहरू रहुन्जेल उपेन्द्रले लालबाबुहरूलाई यस्ता कुकृत्यबाट पोषण दिई नै रहनेछन्। कहिलेसम्म हो थाहा छैन!,’ उनले भनेका छन्। 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology