Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

गोरखा क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने डा.भट्टराईको तयारी

गोरखा क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने डा.भट्टराईको तयारी

  • 739
    SHARES
  • गोरखा क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने डा.भट्टराईको तयारी

    काठमाडौं । नेपाल समाजवादी पार्टी, (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने तयारी गरेका छन् । नेसपाको चुनाव चिन्ह आँखा हो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा सो क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेको डा.भट्टराईनिकट स्रोतले वेबटिभी खबरलाई जानकारी दिएको हो ।

    जनता समाजवादी पार्टी, (जसपा) बाट अलग भएपनि डा.भट्टराई सत्ता गठबन्धनमा छन् । डा.भट्टराईनिकट एक नेताले भने,‘हामी सत्ता गठबन्धमा छौं । बाबुरामजी पार्टीको आन्तरिक कारणले गठबन्धनको बैठकमा नदेखिनु भएको हो । पार्टीको केही कामपछि बैठकमा सामेल हुनुहुन्छ ।’

    ती नेताले जनाएअनुसार डा.भट्टराई गठबन्धनबाटै चुनाव लड्नेछन् ।

    गोरखाको मात्र नभई देशकै लोकप्रिय, विकासप्रेमी तथा बौद्धिक व्यक्तित्त्व डा.भट्टराईले २०६४, २०७० र २०७४ मा पनि क्षेत्र नम्बर २ बाट नै चुनाव लडेर फराकिलो मतान्तरले जितेका थिए ।

    अर्थमन्त्री र प्रधानमन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएका डा.भट्टराईले संसद्मा पनि मुलुकको विकास, समृद्धि तथा जनताका हरेक समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    चुनाव जितेपछि आफ्नो जिल्ला तथा क्षेत्रमा नजाने प्रतिनिधिहरू छन् । डा.भट्टराई भने प्रत्येक महिना एकपटक जिल्ला पुगेर त्यहाँको विकास र जनताका समस्याका विषयमा बुझ्ने गरेका छन् ।

    उनले गोरखामा विकासका दर्जनौं दीर्घकालीन योजना तय गरेर सरकारलाई बजेटसमेत छुट्याउन लगाएका छन् । वर्षौंदेखि अलपत्र रहेको पालुङटार विमानस्थल र गोरखकाली रबर उद्योग डा.भट्टराईकै पहलमा पुननिर्मित भइ सञ्चालनको तयारीमा छन् ।    

    यो पनि पढ्नुहोस्

    गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता] गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij