Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मनाङमा ३८ योजना सम्पन्न

मनाङमा ३८ योजना सम्पन्न

  • 374
    SHARES
  • मनाङमा ३८ योजना सम्पन्न

    काठमाडौं । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा ३८ योजना निर्माण सम्पन्न भएका छन् । सो आवमा सुरु गरिएका पाँच योजना निर्माण सम्पन्न हुन बाँकी छन् ।

    पूर्वाधार विकास कार्यालयका अनुसार पाँचै योजनाको रकम फ्रिज भएको छ । बजेट विनियोजन भए पनि समयमा निर्माण प्रक्रिया नथाल्दा रकम फ्रिज भएको कार्यालय प्रमुख जय विष्टले जानकारी दिए । गत आवमा जिल्लामा १ करोडको लागतमा दुई झोलुङ्गे पुल निर्माण भएका थिए ।

    जिल्लामा ९० लाखको लागतमा ङावल ढलान बाटो, ५० लाखमा भ्राकास्थित मिलेरेपा गुफा जाने बाटो निर्माण गरिएको छ । यस्तै रु २९ करोडको लागतमा मुङ्जे-खाङ्सार सडक निर्माण भइरहेको छ । उनले भने, ‘हालसम्म रु पाँच करोडबराबरको काम भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ ।’

    मनाङमा तीन बहुवर्षीय योजना छन् । दुई मोटरेवल पुल र मुङ्जे टंकी मनाङ सडक कालोपत्रको काम भइरहेको छ ।

    चालु आर्थिक वर्ष २०७९/८० मा मनाङमा १६ योजना थप भएका छन् । वर्खा याममा बाढी पहिरा र हिउँदमा हिउँले सामग्री ढुवानी गर्न सकस हुने हुँदा समयमै काम सम्पन्न गर्न नसकिएको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij