Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

फ्रोजन मिटमा काेराेना भाइरस एक महिनासम्म बाँच्न सक्छ : अध्ययन

फ्रोजन मिटमा काेराेना भाइरस एक महिनासम्म बाँच्न सक्छ : अध्ययन

  • 564
    SHARES
  • फ्रोजन मिटमा काेराेना भाइरस एक महिनासम्म बाँच्न सक्छ : अध्ययन

    न्युयोर्क । एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो ।

    अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो । अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २० डिग्री सेल्सियस) मा भण्डारण गरेका थिए ।

    अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ ।’  बेलीले विज्ञप्तिमा भने, ‘हामीले यो पनि पत्ता लगायौं कि भाइरसहरू लामो समयसम्म कल्चर्ड हुन सक्छ ।’

    कोभिड–१९ महामारी समुदायमा फैलनुअघि दक्षिणपूर्वी एसियामा देखिएको पत्ता लगाएपछि अनुसन्धानकर्ताहरूले अध्ययन गर्ने निर्णय गरेका थिए । बेलीका अनुसार यो अध्ययन महत्त्वपूर्ण छ किनभने सार्स–कोभ–२ श्वासप्रश्वासमा मात्र नभएर पेटमा पनि बढ्न सक्छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij