Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

वृक्षरोपण गरेर वातावरण र गाउँ हरित बनाउन आग्रह

वृक्षरोपण गरेर वातावरण र गाउँ हरित बनाउन आग्रह

  • 396
    SHARES
  • वृक्षरोपण गरेर वातावरण र गाउँ हरित बनाउन आग्रह

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् ।

    पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षरोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका हुन् ।

    उनले भने, ‘वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो गाउँठाउँ हरियाली बनाउन म आग्रह गर्दछु ।’ यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने ।

    ‘वन जंगल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जंगल जोगिनेछ ।’ उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गरेको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij