वेबटिभी खबर
तनहुँ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा २ सय ८६ घर निर्माण गरिएको छ । आर्थिक दुरावस्थाका कारण घर बनाउन सक्ने हैसियत नभएका व्यक्तिको घर निर्माण गरिएको हो ।
जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवम् इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ मा संघ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि उक्त कार्यालयले घर निर्माण थालेको उनले बताए । निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी १ सय ४२ घरपरिवार रहेका छन् ।
उक्त कार्यक्रमका लागि १ करोड ५७ लाख बजेट विनियोजन गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij