वेबटिभी खबर
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रूपैयाँ र अनार २९० रूपैयाँ रहेको छ ।
त्यस्तै, आँप प्रतिकिलो २६५ रूपैयाँ, एभोकाडो ५२५ रूपैयाँ, रातो आलु ६४ रूपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रूपैयाँ, मुडेको आलु ५४ रूपैयाँ, इमली १४६ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।
यसैगरी स्थानीय काउली प्रतिकिलो ६८ रूपैयाँ, लोकल काक्राे ७६ रूपैयाँ, कागती २०४ रूपैयाँ, कुरिलो ५५० रूपैयाँ र अकबरे खुर्सानी १८३ रूपैयाँ ३३ पैसा तोकिएको छ ।
समितिका अनुसार तराई गाँजर प्रतिकिलो ८६ रूपैयाँ ६७ पैसा, लोकल गाजर १२६ रूपैयाँ ६७ पैसा, र गान्टे मूलाको ९५ रूपैयाँ कायम गरिएको छ । त्यस्तै गुन्द्रूक प्रतिकिलो २७५ रूपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रूपैयाँ ५० पैसा र टनेल गोलभेडा ४१ रूपैयाँ २० पैसा कायम गरिएको छ ।
त्यस्तै राजमा घिउ सिमी प्रतिकिलो १२५ रूपैयाँ, घिरौला ४५ रूपैयाँ, चिचिण्डो २८ रूपैयाँ ३३ पैसा, झिगूनी ४५ रूपैयाँ, छडी माछा २३५ रूपैयाँ, रहु माछा ३१५ रूपैयाँ र तामा ११६ रूपैयाँ ६७ पैसा कायम गरिएको छ ।
यसैगरी तितो करेला प्रतिकिलो २३ रूपैयाँ, तोरीको साग ५५ रूपैयाँ र न्यूरो ११६ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij